भारत- भारतको गुजरातस्थित राजकोटमा केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ ।
स्थानीय समय अनुसार आइतवार बेलुका ८ बजेर १३ मिनेट जाँदा ५ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ ।
त्यसको कम्पन कुच , सौराष्ट्र र अहमदावाद सम्म महशुस गरिएको राष्ट्रिय भुगर्भ केन्द्र जनाएको छ । यसको केन्द्रविन्दु राजकोट देखि १ सय २२ किमि उत्तर –उत्तर पश्चिममा रहेको बताइएको छ ।
घटना लगत्तै गुजरातका मुख्यमन्त्री विजय रुपानीले राजकोट , कुच र पाटन जिल्लाका प्रशासन प्रमुखहरुलाई टेलिफोन गरी वस्तुस्थितिबारे जानकारी हासिल गरेका थिए ।
प्रतिक्रिया