प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रमलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख सरोजकुमार यादवले सो प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत प्रतिपक्षी दलका सभासदहरुले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रस्तुत गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलीपकुमार साह, शिवचन्द्र चौधरी, गोविन्दबहादुर न्यौपाने, रुबीकुमारी कर्ण, नरेशकुमार यादव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङलगायतकाले संशोधन प्रस्ताव पेश गरेका थिए ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढ्ने धारणा व्यक्त गरे ।

छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राउतले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

गत बुधबारको बैठकमै प्रस्तुत गरिने कार्यसूचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारूढ दलका सांसदहरु अनुपस्थित रहँदै आएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ११ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल