विश्वभर १ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७५ हजारको मृत्यु « Khabarhub

विश्वभर १ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ५ लाख ७५ हजारको मृत्यु


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ ।

एकै दिन १ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७६ लाख ९१ हजार ४५१ संक्रमितमध्ये १ लाख १४ हजार २३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ८२२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८६ हजार ६१७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४१४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७१ हजार ४५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६ हजार ४४० जनाको मृत्यु भएको छ । २९ लाख ३० हजार ८६६ जना संक्रमित भएकोमा १८ लाख ८५ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ५०४ जनाको ज्यान गएको छ भने ६ लाख १४ हजार ४१२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ५ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ६४४ जना संक्रमित भएकोमा ९ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार