साउथह्याम्पटनसँगको बराबरीले म्यान्चेष्टर शीर्ष तीनमा पुग्न असफल | Khabarhub Khabarhub

साउथह्याम्पटनसँगको बराबरीले म्यान्चेष्टर शीर्ष तीनमा पुग्न असफल


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनसँगको बराबरी म्यान्चेष्टर युनाइटेडका लागि दुर्भाग्य सावित भएको छ ।

म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै शीर्ष तीनमा उक्लन मौका गुमाएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा पहिलो हाफमा लिएको अग्रता कायम राख्न नसक्दा युनाईटेडले बराबरीमा रोकिएको हो ।

युनाईटेडले घरेलु मैदानमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिने मौका थियो । लण्डन क्लब चेल्सी र लेस्टर सिटीले पछिल्लो समय अंक गुमाईरहेको अवस्थामा युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा अघि बढ्ने अवसर थियो । तर युनाईटेडले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ ।

स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो । मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए ।

त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ४० बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता