बाढी पहिरोको वितण्डा : पाँच दिनमा ७ हजार बढी विस्थापित « Khabarhub

बाढी पहिरोको वितण्डा : पाँच दिनमा ७ हजार बढी विस्थापित


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाढी, पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट गएका पाँच दिनमा मात्रै ७ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

गत २५ असारदेखि २९ असारसम्मको प्रारम्भिक तथ्यांकअनुसार रौतहट, सप्तरी, संखुवासभा, लमजुङ, जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र झापामा गरी करिब १ हजार ४ सय ४० घरपरिवारका ७ हजार बढी व्यक्ति बसोवास कायम रहेको स्थानबाट अन्यत्र विस्थापित भएका हुन् ।

रौतहटमा डुबानका कारण ५ सय घरपरिवार विस्थापित हुँदा करिब २ हजार ५ सय व्यक्तिलाई अन्यत्र सारिएको हो । यस्तै, सप्तरीमा ३२ परिवार विस्थापित भएका छन् । संखुवासभामा ८२ घरपरिवारका ४ सय बढी व्यक्तिलाई सुरक्षित स्थानमा सरिएको छ ।

यसैगरी, लमजुङमा १० घर परिवारका ५० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । जाजरकोटमा २ सय ६ घर परिवारका १ हजार बढी व्यक्तिलाई अन्यत्र लगिएको छ ।

सिन्धुपाल्चोकमा ८५ घर परिवारलाई पहिराका कारण बसोबार रहँदै आएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । यस्तै, म्याग्दीमा ४ सय परिवारलाई जोखिम हेरेर सुरक्षित स्थानमा सारिएको छ ।

तराईमा बाढी तथा डुबानका कारण र पहाडमा पहिराका कारण धेरै परिवार विस्थापित भएका छन् ।

गृह मन्त्रालयका अनुसार प्रभावित जिल्लाहरूमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, रेडक्रससहितका संघसंस्थाको समन्वयमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरण गर्ने काम भइरहेको छ ।

२५ असारअघि भएको बझाङ घटनाका प्रभावितका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फत नै राहत सामग्री पठाइएको थियो । सोमबार मात्रै संखुवासभामा विस्थापित ८२ परिवारका लागि विराटनगरबाट राहत सामग्री हेलिकप्टरमार्फत पठाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेका जिल्लास्थित विपद् व्यवस्थापन समिति, स्थनीय तहअन्तर्गतका समिति, रेडक्रसलगायतका स्थानीय संघसंस्थाको समेत समन्वयमा घाइते तथा प्रभावितको उद्धार र राहत वितरणको काम अघि बढिरहेको बताए ।

उनका अनुसार नजिकैका क्षेत्रीय गोदामघर तथा जिल्लास्थित विपद व्यवस्थापन समितिमार्फत प्रभावित जिल्लामा राहत सामग्री पुर्‍याइएको छ ।

गृह मन्त्रालयका अनुसार २५ असारअघि बझाङ, पर्वत, गुल्मी र पाल्पामा भएका विपद्का घटनाबाट हजारौं व्यक्ति विस्थापित भएका छन् । मन्त्रालयले स्थानीय स्तरमा रहेका प्रहरी, स्थनीय संघसंस्था तथा रेडक्रसमार्फत विस्थापितको यकिन विवरण संकलन हुने क्रममा रहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : ४० बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ