सलहको झुण्ड जुम्ला पुग्यो | Khabarhub Khabarhub

सलहको झुण्ड जुम्ला पुग्यो


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-नेपालमा कोरोना भाइरसपछि अर्कै संकटका रुपमा आएको सलह कीरा जुम्ला पुगेको छ ।

छिमेकी जिल्ला रुकुम जाजरकोटमा र कालिकोट हुँदै जुम्ला पुगेको सलहले यहाँको पातारासी गाउँपालिकामा पुगेको हो । पातारासी गाउँपालिका १ र २ का अधिकांश बस्तीमा सलह कीराको झुण्डहरु प्रवेश गरेका छन् ।

जिल्लाको पूर्वमा पर्ने पातारासी क्षेत्र आलु मकै र गुहँ बालीका लागि पकेट क्षेत्र मान्निछ । यतिबेला उक्त क्षेत्रमा मकै आलु र गहुँ सबैका खेतबारीमा फलेका छन् । तर पातारासीमा प्रवेश गरेको सलह कीराले मकै, गहुँ र आलु बारीमा ठूलो क्षति पु-याएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

उनका अनुसार, जताततै सलह कीराको बथान देखिन्छ । बालीनालीमा पनि धेरै क्षति पुगेको छ । परिपक्क हुनै लागेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।

सुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा सलह देखिन थालेका स्थानीय गोर्खबहादुर रावत बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको उनको भनाई छ । “सलह भगाउन विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्” उनले भने, “तैपनि सलह भागेको छैन ”।

पातारासीमा सलह कीराको झुण्डहरु प्रवेश गरीसकेकाले किसान सबै मिलेर नियन्त्रणमा जुट्नु पर्नेमा गाउँपालिकाले जोड दिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढा सलह भगाउने खास उपाय नभएको बताउँछन् ।

ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुगेको छ । सलहले मकैबाली सखाप पार्न थालेपछि पातारासी क्षेत्रमा खाद्य संकट आउने सक्ने समेत चिन्ता व्यक्त गरेका छन् । अन्य बाली भन्दा मकै बालीमा सहल धेरै क्षेति गरेको छ । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ३९ बजे

सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महशिकार सुरु

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

दमौली– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र

शिक्षामन्त्रीले भने- शिक्षा विधेयकलाई टुङ्गोमा पुराउँछु

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा

विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई