सलहको झुण्ड जुम्ला पुग्यो « Khabarhub

सलहको झुण्ड जुम्ला पुग्यो


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-नेपालमा कोरोना भाइरसपछि अर्कै संकटका रुपमा आएको सलह कीरा जुम्ला पुगेको छ ।

छिमेकी जिल्ला रुकुम जाजरकोटमा र कालिकोट हुँदै जुम्ला पुगेको सलहले यहाँको पातारासी गाउँपालिकामा पुगेको हो । पातारासी गाउँपालिका १ र २ का अधिकांश बस्तीमा सलह कीराको झुण्डहरु प्रवेश गरेका छन् ।

जिल्लाको पूर्वमा पर्ने पातारासी क्षेत्र आलु मकै र गुहँ बालीका लागि पकेट क्षेत्र मान्निछ । यतिबेला उक्त क्षेत्रमा मकै आलु र गहुँ सबैका खेतबारीमा फलेका छन् । तर पातारासीमा प्रवेश गरेको सलह कीराले मकै, गहुँ र आलु बारीमा ठूलो क्षति पु-याएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

उनका अनुसार, जताततै सलह कीराको बथान देखिन्छ । बालीनालीमा पनि धेरै क्षति पुगेको छ । परिपक्क हुनै लागेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।

सुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा सलह देखिन थालेका स्थानीय गोर्खबहादुर रावत बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको उनको भनाई छ । “सलह भगाउन विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्” उनले भने, “तैपनि सलह भागेको छैन ”।

पातारासीमा सलह कीराको झुण्डहरु प्रवेश गरीसकेकाले किसान सबै मिलेर नियन्त्रणमा जुट्नु पर्नेमा गाउँपालिकाले जोड दिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढा सलह भगाउने खास उपाय नभएको बताउँछन् ।

ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुगेको छ । सलहले मकैबाली सखाप पार्न थालेपछि पातारासी क्षेत्रमा खाद्य संकट आउने सक्ने समेत चिन्ता व्यक्त गरेका छन् । अन्य बाली भन्दा मकै बालीमा सहल धेरै क्षेति गरेको छ । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ३९ बजे

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा