सलहका झुण्डले अझैं क्षति गर्ने सम्भावना, सचेत रहन अनुरोध | Khabarhub Khabarhub

सलहका झुण्डले अझैं क्षति गर्ने सम्भावना, सचेत रहन अनुरोध


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सीमावर्ती क्षेत्रमा रहेका सलह कीरा केही संख्यामा अझै पनि दाङ्गदेखि नवलपुर क्षेत्रमा दक्षिण पश्चिमी वायुको साहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सजक हुन अनुरोध गरेको छ ।

गत आइतवार दाङ्ग जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड साँझ प्यूठान जिल्लाको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएको र सोमवार बिहान ७ बजेदेखि नै उक्त झूण्डहरु आकाशमा घुमिरहेको र बस्न लागेको अवस्थामा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि उत्तर पश्चिमतर्फ लागेको प्लान्ट क्वारेन्टिन तथा विषदी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार केही संख्यामा उक्त सलहहरु प्यूठानमा पनि रहेको छ ।

आइतवार साँझ नपलपरासी जिल्लाको वेणी, त्रीवेणी गाउँपालिकाको भारत तर्फको सिमावर्ति क्षेत्रमा पनि करीब ७ हजारको संख्यामा रहेको सलहको झूण्ड प्रवेश गरेको र जङ्गलमा आश्रय लिइ धानखेतमा आउने जाने गरिरहेको केन्द्रका सुचना अधिकारी रामकृष्ण सुवेदीले बताए ।

निरन्तर वर्षात भइरहेकोले खासै नोक्सानी भने गर्न सकेको छैन उनले भने ।

असार १३ देखि १६ सम्ममा प्रवेश गरेका सलहहरुमध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा उपस्थित रहेको पछिल्लो जानकारी प्राप्त भएको सुवेदील खबरहबलाई बताए ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायूको प्रभाव रहेको छ । भोलिदेखी दक्षिण पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने प्रक्षेपण गरिएको छ ।

साथै भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलहहरु पर्सा,धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्नु गराउन केन्द्रले अनुरोध गरेको छ ।

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, “बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।”

कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पुर्‍याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताए । बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिए । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौंको नभई हजारौँको सङ्ख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपुर्‍याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उनका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ ।

नेपालमा आइरहेको सलह समूह छुट्टै आइरहेको र कमजोर हुँदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा.तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजार सलह आइरहेको देखिएको बताए । उनले यसको उत्तम उपाय मेकानिकल उपाय रहेको जानकारी दिए । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको उनले जानकारी दिए । विज्ञले समेत बाजा बजाउने, आगोको धुवाँ बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ । विशेषज्ञको सल्लाहअनुसारनै स्थानीय सुहाउँदो विधि पद्धतिअनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकाय समयमै सचेत हुन अनुरोध गरे । यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा क्षति पुर्‍याउन शुरु गरेको छ । यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पुर्‍याएको छ ।

यहाँको पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पुर्‍याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो रु २०० उपलब्ध गराउने निर्णय गरेको छ । बालीमा सलह किराबाट जोगाउन कृषक अहिले आफैं लागिपरेका छन् । जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउन सक्ने विज्ञ बताउन्छन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : १७ बजे

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

इनरुवा- जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध

अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेगावाट बिजुली उत्पादन गर्ने

वासिङ्टन– विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन्

मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह

भोजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल

दलहरूको छलफलबाट मात्रै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा

दोलखा– गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको