६ दिनपछि वार्तामा जुटे ओली- प्रचण्ड « Khabarhub

६ दिनपछि वार्तामा जुटे ओली- प्रचण्ड


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पार्टी भित्रको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वार्तामा जुटेका छन् ।

६ दिनसम्मको सम्वादहिनतालाई अन्त्य गर्दै अध्यक्षद्वय वार्तामा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

६ दिनपछिको वार्तालाई नेकपा भित्र अर्थपूर्ण रुपमा लिइएको छ ।

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजजिनक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आंशका भने उस्तै छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने र अर्का अध्यक्ष प्रचण्डले ओलीले दुबै पद छाड्नु पर्ने अडान राखेका कारण हालसम्मकै संवाद निष्कर्षतिर अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : ३१ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल