६ दिनपछिको ओली - दाहाल वार्ता पनि निष्कर्षविहीन | Khabarhub Khabarhub

६ दिनपछिको ओली – दाहाल वार्ता पनि निष्कर्षविहीन


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

बुधबारपछि पहिलो पटक एक्लाएक्लै वार्तामा बसेका ओली र दाहालको छलफल निष्कर्षविहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘उहाँहरुबीच केहीबेर छलफल भएको हो, सुनाउन लायक त्यस्तो केही भएको छैन,’ थापाले भने ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिए पनि अन्ततः बैठक निष्कर्षविहिन भएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : ३९ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने