दाङमा सिकलसेलका बिरामी बढे « Khabarhub

दाङमा सिकलसेलका बिरामी बढे


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जिल्लामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो ।

दङ्गीशरण गाउँपालिकामा शनिबार र आइतबार गरी ७१५ थारु समुदायका नागरिकले स्वास्थ्य परीक्षण गरेका थिए । शनिबार गरिएको परीक्षणमा ७८ जनामा सिकलसेल देखा परेको थियो भने आइतबार गरिएको परीक्षणमा ४० जनामा देखिएको हो ।

सोमबार दङ्गीशरणको १ र २ नम्बर वडामा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

दाङमा सिकलसेल एनिमियाका बिरामी बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ । नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्रथारु समुदायका मानिसमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउँदै आएको छ । जसका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा लिन सकिने व्यवस्था गरेको छ । दाङमा यसका कुनै रोगीको मृत्यु भएको तथ्याङ्क भने जिल्ला स्वास्थ्य कार्यालयसँग नभएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताए ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको आँकलनअनुसार विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्तिले सिकलसेल रोगको जीवाणु बोकेका छन् । वर्षेनी जन्मिएका तीन लाख बालबालिकामा हेमोग्लोबिनको मात्रा कम हुने गर्दछ ।

सिकलसेल एनिमिया रोग भएका बुबाआमाबाट जन्मिएका २५ प्रतिशत सन्तानमा यो रोग लाग्ने सम्भावना हुने गर्दछ । सिकलसेल एनिमिया विशेष गरी वंशाणुगतरुपमा मात्र देखापर्ने रोग हो तर अहिले अन्य समुदायमा पनि यो रोग देखापर्न थालेको राप्ति अञ्चल अस्पताल तुलसीपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर मीनचन्द्र अधिकारी बताउँछन् ।

सिकलसेल एनिमियाको रोकथाम मात्र गर्न सकिने डा अधिकारीले बताए । यो समस्याले ग्रस्त मानिसमा रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको सङ्क्रमणमा पर्ने गर्दछन् । सिकलसेल रोगलाई छिट्टै उपचार गर्न ग्रामीण महिला उत्थान केन्द्रले सचेतनाका काम गरिरहेको संस्थाका अध्यक्ष आशमानी चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : ४१ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ