आज थपिए ११६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) « Khabarhub

आज थपिए ११६ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३ जना, सिराहाका एकजना, सुनसरीका एकजना र तेह्रथुमका एकजना संक्रमित भएका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ जना र महोत्तरीका १९ जना, नारायणी अस्पताल वीरगंज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना र धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका एकजना र नुवाकोटका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका २ जना र ओखलढुंगाका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना, कैलालीका एकजना, काठमाडौंका एकजना, पाल्पाका एकजना, सिन्धुपाल्चोकका एकजना र सुर्खेतका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३ जना, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना, रोल्पाका ३ जना बर्दियाका एकजना र दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जना, दैलेख प्रयोगशालामा दैलेखका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना र जुम्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका २ जना, कंचनपुरका एकजना र कैलालीका ४ जना संक्रमित भएका छन् । योसँगै हालसम्म नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये देशभर ६ हजार ६९५ जना संक्रिय संक्रमित रहेका छन् ।

यस्तै हाल देशभरका क्वारेन्टाइनमा २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् ।

थप ३४ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : ३९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग