अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेवको आग्रह « Khabarhub

अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेवको आग्रह


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान् रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् ।

सोमबार ओलीले भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ । ओलीको अभिव्यक्तिपछि दुई देशको कूटनीतिक सम्बन्धमा नै असर पर्ने भन्दै उनको आलोचना भएको हो ।

उपाध्यक्ष गौतमले हिन्दू अनुयायी चोट पुग्ने भन्दै प्रधानमन्त्रीलाई सो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रम ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा अयोध्या नेपालको ठोरीमा पर्ने र राम पनि नेपालमै जन्मेको बताएका थिए ।


राम भारतीय होइनन्, अयोध्या ठोरीमा छ : प्रधानमन्त्री ओली


उनको यो दाबीपछि नेपाल र भारतमा तरंग मच्चिएको छ भने पार्टीकै शीर्ष नेता र अन्यले उनको विरोध जनाएका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ वामदेवले भनेका छन्, ‘साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।’

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ०४ बजे

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी