बन्दाबन्दीमा १ हजारभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना « Khabarhub

बन्दाबन्दीमा १ हजारभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट १२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ ।

बन्दाबन्दीका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र सम्वर्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यको संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : ४० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि