तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल « Khabarhub

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिजमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका हुन् । 

नेपालको पर्यटनलाई अघि बढाउन पनि राष्ट्रिय ध्वजावाहकको दुरावस्था सम्हाल्नुपर्ने भएकाले नयाँ गन्तव्यका लागि जहाजको संख्या थप्नुपर्ने उनले बताए ।

उनले वर्तमान सरकार गठन भएदेखि निगमलाई निर्णय प्रक्रियामा पूर्ण स्वायत्तता प्रदान गरिएको र आकस्मिक अवस्थामा निर्णय गरेर भोलिपल्ट सूचना दिए पनि हुने व्यवस्था मिलाइएको उल्लेख गरे । 

निगम चक्रीय ब्याजदर जस्तै महँगो ऋणको मारमा संस्था परेकाले त्यसलाई सम्बोधन गर्न एउटा मध्यम मार्ग पहिचान गरी ऋण व्यवस्थापन गर्ने निर्णयप्रति सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्री पौडेलले हाल नेपालको करिब १५० अर्बको उड्डयन बजारमा नेपाल एयरलाइन्सको हिस्सा २० प्रतिशत भन्दा कम रहेकोमा, सामान्य मिहिनेत र जहाज थपेर यसलाई सजिलै ५० प्रतिशत सम्म पुर्‍याउन सकिने आकलन रहेको धारणा राखे ।

उनले आवश्यकता अनुसार नेपाल एयरलाइन्सको सुधारका लागि सार्वजनिक–निजी साझेदारी मोडलमा जान सकिनेबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको उल्लेख गरे । 

संस्था नाफा कमाएर बोनस वा लाभांश बाँड्नका लागि मात्र नभई राष्ट्रिय दायित्व बोकेको संस्था भएकाले कर्मचारीहरूले नियत सफा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ६ : ०० बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र