कोरोनाको उपचारमा प्लाज्मा थेरापी : निको भएका बिरामीलाई ‘प्लाज्मा’ दिन अनुरोध « Khabarhub

कोरोनाको उपचारमा प्लाज्मा थेरापी : निको भएका बिरामीलाई ‘प्लाज्मा’ दिन अनुरोध


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाको उपचारमा ‘प्लाज्मा थेरापी’ विधिका लागि निको भएका बिरामीहरुलाई रक्तदान गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले परिषदले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि निको भएकाहरुलाई ‘प्लाज्मा ‘दिन आग्रह गरेको जानकारी दिएका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड १९ को उपचारका लागि तोकिएका अस्पतालहरुमा कोभिड १९ का बिरामीहरुलाई कन्भलेसेन्ट प्लाज्मा दिइ उपचार गर्न रक्तदाताहरुको आवश्यकता परेको  जानकारी दिएको हो ।

परिषद्ले कोभिड १९ लागेर निको भएका इच्छुक महानुभावहरुलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

कोरोना निको भएका व्यक्तिहरुले प्लाज्मा दिन चाहेमा परिषद्को कार्यालयमा बिहान १० देखि ५ बजेभित्र सम्पर्क गर्न सकिने जनाइएको छ ।

यो पनि पढौं

प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ? 

कोरोना उपचारमा प्लाज्मा थेरापीको तयारी 

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ०३ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही