पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ « Khabarhub

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ।

विशेष अदालतले मंलबार पूर्वगर्भनर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियारले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरी २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती  तथा शान्तिसिंह थापाको संयुक्त इजलाशले पोलिमर नोट प्रकरणमा तीनै जनालाई सफाइ दिएको हो ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छापेको थियो। तर, ती नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ३१ बजे

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५