पहिरोको जोखिममा रहेका लमजुङका डेढसय घर स्थानान्तरण « Khabarhub

पहिरोको जोखिममा रहेका लमजुङका डेढसय घर स्थानान्तरण


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– अविरल वर्षापछि आएका बाढी–पहिरोका कारण लमजुङका करिब डेढसय घर परिवार जोखिममा परेका छन् ।

जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । जिल्लाको मध्यनेपाल नगरपालिकामा मात्रै १ सय ९ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

अविरल वर्षाका कारण बाढी–पहिरोका कारण जोखिममा परेकामध्ये मध्यनेपाल नगरपालिका–६ लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्वाबेसी ९ घरपरिवार छन् । त्यस्तै वडा नं. ९ रातामाटेका २१, वडा नं ३ सूर्यपालका ६, वडा नम्वर २ पराजुलीबेसीका तीन घर र वडानम्वर १ जिताका एकघर परिवार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बाढी–पहिरो प्रभावितमध्ये ३७ परिवारलाई भोर्लेटारस्थित इशानेश्वर माध्यमिक विद्यालयमा अस्थायी स्थानान्तरण गरिएको मध्यनेपाल नगरपालिका नगरप्रमूख रमेशकुमार पाण्डेले बताए ।

वर्षातका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्म तत्कालका लागि उनीहरूलाई सुरक्षित रहन अस्थायी स्थानान्तरण गरिएको नगरप्रमुख पाण्डेको भनाइ छ । वर्षापछिको बाढी–पहिरोले मध्यनेपालमा अत्याधिक क्षति पुर्‍याएको हो ।

स्थानीय गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलादीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार बाढीले असारमा रोपिएको अधिकांश खोला खेत बगाएको छ । कतिपयको कुखुरा फार्म, तरकारी टनेलसमेत बगाएको छ ।

यसैगरी पहिरो जोखिममा परेका जिल्लाको बेंसीहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दोर्दी र क्होलासोँथार लगायतका गाउँपालिकाका थप ३७ घर परिवारलाई पनि सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार अन्य स्थानीय तहका ३७ घरपरिवारका १ सय ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको हो ।

जिल्लाको दोर्दी गाउँपालिकाका १८ घर, मस्र्याङ्दी गाउँपालिकाका पाँच घर, क्होलासोँथार गाउँपालिकाको ६ घर र बेंसीसहर नगरपालिकाको चार घर स्थानान्तरण भएका हुन् ।

समितिका अनुसार दोर्दी–६ काल्चे कुनाको मात्रै नौ घर विस्थापित भएका छन् यस्तै दोर्दी–६, ढोडेनी गाउँका थप ६ घर, दोर्दी–८ नयाँ दुवारका तिन घर स्थानान्तरण गरिएका हुन् । यसैगरी क्होलासोँथार गाउँपालिका अन्तर्गत वडानम्वर ७ भोजेका पाँच घर पनि स्थानान्तरण गरिएका छन् ।

सो बाहेक कोहोलासोथार–३ बगुमको एकघर परिवारलाई पनि स्थानान्तरण गरिएको छ । यसैगरी मस्र्याङ्दी–९ सिम्पानीका दुईघर, वडा नम्बर–८, भुलभुलेका दुईघर र वडा नम्बर २ घनपोखराका एक घर स्थानान्तरण गरिएको हो ।

बेसीशहर नगरपालिका अन्तर्गत वडा नम्बर १ चिप्लेटीका दुईघर र वडा नम्बर १० राउतथरको एक घर पनि स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

स्थानान्तरण गरिएका घर परिवारमध्ये कतिपयलाई सामुदायिक भवन, विद्यालय र कतिपयलाई छिमेकी वा आफन्तको घरमा राखिएको छ । बर्षातका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ५४ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै