बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था खै ? « Khabarhub

बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था खै ?


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल किसान संघले मुलुकभर बाढीपहिरोबाट प्रभावितहरुलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् ।

संघका सभापति भानुभक्त सिग्देलले आज एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितहरुलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनले यस्तो विपदको घडीमा संघ सम्पूर्ण सदस्यहरुलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशन दिएका छन् ।

यस प्राकृतिक प्रकोपबाट दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै सङ्घले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : ४१ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस