कर्णाली जान पीसीआर रिपोर्ट अनिवार्य « Khabarhub

कर्णाली जान पीसीआर रिपोर्ट अनिवार्य


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले आवतजावतमा कडाइ गर्दै कर्णाली प्रदेश भित्रनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

यो नियम भदौ १ गतेदेखि कार्यान्वयनमा आउने छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ ।

यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि आउँदा र जाँदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५२ रहेको छ । तीमध्ये एक हजार नौ सय एक जना निको भएर घर फर्किएका छन् । पछिल्लो समय समुदायस्तरमा र अन्य प्रदेशबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले कडाइ गर्न थालेको हो ।

यसैबीच वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि यस्तो निर्णय गरिएको हो ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

अहिलेसम्म वीरेन्द्रनगरमा एक सय ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई दिनमा वीरेन्द्रनगरमा ३६ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । जोखिम बढ्न थालेपछि साउन २५ गतेदेखि सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ५७ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई