सिन्धुपाल्चोकको लिदीमा पहिरो : २२ घर पुरिएको आशंका, प्रहरी घटनास्थल जाँदै « Khabarhub

सिन्धुपाल्चोकको लिदीमा पहिरो : २२ घर पुरिएको आशंका, प्रहरी घटनास्थल जाँदै


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरो गएको छ ।

पहिरोलै एकै गाउँका २२ घर पुरिएको जनाइएको छ । पहिरोमा परी धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।

शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार उक्त गाउँमा २२ घर छन् । ती सबै घर पुरिएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।

प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार पहिरोमा परेका १५ जना घाइते आफैँ निस्किएका छन् । पहिरो भएको क्षेत्रमा जान सक्ने अवस्था नरहको उद्धारमा जुटेका स्थानीय आशबहादुर तामाङले जानकारी दिए । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी बताए ।

घटनाको थप जनाकारी आउन बाँकी छ ।

तस्वीर सौजन्य : रामचन्द्र दुलाल

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २० बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी