रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने « Khabarhub

रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने बताएका हुन् ।

राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई उक्त खोपको लगाउँदा कोरोनाको संक्रमण निको भएको बताउँदै पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेका छन् ।

उनले विश्वमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको समेत बताए ।

रुसले दर्ता गरेको नयाँ खोप ‘स्पुतनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् । परीक्षण सफल भएपछि भेनेजुएलामा उक्त खोपको प्रवर्द्धन र प्रयोग गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी अधिकारीहरुका अनुसार भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो ।

यस्तै फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्‍याउने बताएका छन् । रसियाले अर्को महिनादेखि प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २३ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको