अपडेट : लिदी पहिरोमा पुरिएका २ जनाको शव भेटियो « Khabarhub

अपडेट : लिदी पहिरोमा पुरिएका २ जनाको शव भेटियो


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साँढे ६ बजे गएको भीषण पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ३ घरका २१ जना पुरिएका छन् । पहिरोमा पुरिएका पाँच जनाको उद्धार गरिएको छ । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

वडाध्यक्ष प्रताप लामाका अनुसार पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएको हो अझै एकिन भएको छैन । उनले भने, ‘पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ, उद्धार जारी छ ।’

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार पहिरोमा परेका १५ जना घाइते आफैँ निस्किएका छन् । पहिरो भएको क्षेत्रमा जान सक्ने अवस्था नरहको उद्धारमा जुटेका स्थानीय आशबहादुर तामाङले जानकारी दिए । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी बताए ।

पहिरोले गाउँ नै पुरिएपछि उद्धार टोली हेलिकोप्टरबाट जाने तयारी भइरहेको छ ।

जनप्रतिनिधिले चाँडो भन्दा चाँडो घटना स्थलमा घाइतेहरूको उद्धार कार्यमा लाग्न अपिल गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेर क्षतिको विवरण संकलन तथा उद्धारको काम गर्दै गरेको जिल्ला प्रशासन कार्यालयकी प्रसाशकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ४० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।