त्रिवि शिक्षण अस्पतालका डाक्टर नर्ससहित थप ४ जनामा कोरोना पुष्टि « Khabarhub

त्रिवि शिक्षण अस्पतालका डाक्टर नर्ससहित थप ४ जनामा कोरोना पुष्टि


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा डाक्टर एकजना, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन् ।

त्रिवि शिक्षण अस्पतालमा यसअघि १८ जना डाक्टर नर्ससहितका स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । उनीहरु सबै त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा उपचारत रहेको डा दासले बताए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा दासको भनाइ छ । ‘आज थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो, यसअघि हाम्रो अस्पतालको १८ जना स्टाफमा कोरोना पुष्टि भइसकेको छ,’ डा दासले खबरहबसँग भने, ‘उहाँहरु सबै हाम्रै अस्पतालमा आइसोलेसनमा हुनुहुन्छ, सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ४३ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर