५० प्रतिशत कम फल्यो जुम्ली स्याउ « Khabarhub

५० प्रतिशत कम फल्यो जुम्ली स्याउ


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् ।

वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताए ।

कृषि विकास कार्यालयका जुम्लाका अनुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् । स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन । “यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताए ।

गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

पाँच वर्ष अघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ४८ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल