पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्न प्रचण्डको आग्रह « Khabarhub

पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्न प्रचण्डको आग्रह


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गरेका छन् ।

गएराति परेको अविरल वर्षापछि आएको पहिराका कारण सिन्धुपाञ्चोकको जुगल गाउँपालिका –२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको थियो ।

उक्त पहिरामा परी सात जनाको मृत्यु र करीब ३५ जना बेपत्ता भएका थिए । यस्तै कालीकोट महावै गाउँपालिकामा गए राति आएको पहिरामा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको थियो ।

अध्यक्ष दाहालले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पुर्‍याउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ०८ बजे

गृहमन्त्रीमाथि पद्माको आरोप : लोकतान्त्रिक मूल्य-मान्यताको खिल्ली उडाए

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान