जाह्नवीको ‘गुञ्जन सक्सेना : द कार्गिल गर्ल’ विवादमा, फिल्मविरुद्ध भारतीय वायु सेनाले काट्यो पत्र « Khabarhub

जाह्नवीको ‘गुञ्जन सक्सेना : द कार्गिल गर्ल’ विवादमा, फिल्मविरुद्ध भारतीय वायु सेनाले काट्यो पत्र


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिलिज भएलगत्तै हिन्दी फिल्म ‘गुञ्जन सक्सेनाः द कार्गिल गर्ल’ विवादमा तानिएको छ ।

बिहीवार भारतीय वायु सेनाले फिल्मका केही दृश्यमा नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पत्र पठाएको हो ।

सेनाले उक्त पत्र नेटफिल्क्स र धर्मा प्रोडक्सनलाई पनि पठाएको जनाइएको छ । पत्रमा धर्मा प्रोडक्सनले भारतीय वायु सेनालाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने अनुमति पाएको तर फिल्ममा त्यस्तो नदेखिएको उल्लेख छ ।

फिल्ममा वायु सेनालाई नकारात्मक प्रमाणित गर्न खोजिएको सेनाले आरोप लगाएको छ ।

फिल्ममा लैंगिक विभेदको कुरा उठाइएको र वायु सेनामा लैंगिक विभेद नहुने कुरा पत्रमा उल्लेख गरिएको भारतीय मिडियाले जनाएका छन् ।

फिल्म प्रदर्शनअघि पनि विवादमा रहेको थियो । जसकारण फिल्मको क्रेडिट लाइन हटाइएको थियो ।

जाह्नवी कपूरको शीर्ष भूमिका रहेको यो फिल्म नेपोटिज्मका कारण विवादमा परेको थियो । करण जोहरले निर्माण गरेको फिल्ममा स्टार किड्स जाह्नवी कपूरको शीर्ष भूमिका थियो ।

भारतीय फिल्म क्षेत्रमा पछिल्लो समय स्टार किड्सका फिल्मलाई दर्शकले समर्थन नगर्ने गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३३ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको