कोरोना संक्रमित ९८ जना आइसीयुमा, ४ को भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना संक्रमित ९८ जना आइसीयुमा, ४ को भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका कोरोना संक्रमितमध्ये ९८ जनाको आइसीयु र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत ९८ जना संक्रमित आइसीयु र ४ जना भेन्टिलेटरमा उपचारत रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका व्यक्तिहरुको उपचारका लागि देशभर ९४२ वटा आइसीयु रहेका छन् । यस्तै ४९६ वटा भेन्टिलेटरहरु तयारी अवस्थामा छन् ।

डा गौतमका अनुसार नेपालमा शुक्रबार मात्र ५९४ जनामा कोरोनाका नयाँ संक्रमति थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

हालसम्म १७ हजार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभरका आइसालेसनमा ७ हजार ९१३ जना कोरोना संक्रमित उपचारत छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : २२ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१