१३ औं सागमा खेलाडीका सामग्री खरिदमा अनियमितताबारे छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन « Khabarhub

१३ औं सागमा खेलाडीका सामग्री खरिदमा अनियमितताबारे छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल र खेलाडीका लागि खरिद गरिएका सामाग्रीमा अनियमितता भए नभएको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिएको छ।

शुक्रबार मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कार्यकक्षमा भएको बैठकले सञ्चारमाध्यममा आएका विवादित घटनाहरुको विस्तृत छानबिनका लागि राखेपलाई निर्देशन दिएको हो ।

यस्तै बैठकले सातदोबाटो परिसरमा रुख काट्ने काममा भएको भनिएको अनियमितताको समेत छानबिन गरी सम्बद्ध व्यक्तिलाई कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म र भावना अनुरुप खेलकुद क्षेत्रमा सुसाशन कायम गर्न गराउन अबलम्वन गर्नपर्ने संरचनागत/ संस्थागत सुधारको कार्ययोजना बनाउन राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेख्नेसमेत निर्णय गरेको छ।

यस्तै, मन्त्रालयले भाद्र १३ गते राष्ट्रिय खेलकुद परिषद्को ५७ औं वार्षिक कार्यक्रम गर्न निर्देशन दिएको छ ।

५७ औं वर्ष जयन्ती मनाउँदा नेपाल सरकार र मन्त्रीपरिषद्ले निर्धारण गरेको मापदण्डअनुसार तयारी गर्न राखेपलाई मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : २८ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७