नेपालमा ४६२ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

नेपालमा ४६२ कोरोना संक्रमित होम आइसोलेसनमा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हाल रहेका संक्रिय कोरोना संक्रमितमध्ये ४६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार शुक्रबार विभिन्न प्रदेशमा ४६२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार शुक्रबारसम्म ८ हजार ३७५ जना संक्रिया कोरोना संक्रमित छन् । ती मध्ये ४६२ जना होम आइसोलेसन र ७ हजार ९१३ जना संस्थागत तथा अस्पतालहरुको आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार होम आइसोलेसनमा रहेका सबै भन्दा धेरै संक्रमित सुदूरपश्चिम प्रदेशमा छन् ।

सुदूरपश्चिम प्रदेशमा १०७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर २ मा ९८ जना, प्रदेश १ मा ९३ जना, प्रदेश ५ मा ८१ जना रहेका छन् ।

यस्तै बागमती प्रदेशमा ७५ जना र कर्णाली प्रदेशमा ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा भने केही पनि संक्रमित होम आइसोलेसनमा छैनन् ।

संस्थागत आइसोलेसनमा रहेका संक्रिय संक्रमितहरु प्रदेश नम्बर २ मा बढी रहेका छन्

मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश नम्बर २ मा ३ हजार ७४९ जना संक्रिय संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

यस्तै बागमती प्रदेशमा १ हजार ८५८ जना, सुदूरपश्चिम प्रदेशमा ८१५ जना, प्रदेश १ मा ७९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश ५ मा ६७२ जना, गण्डकी प्रदेशमा २५७ र कर्णाली प्रदेशमा २२६ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

ती मध्ये ९८ जना आइसीयु र ४ जना भेन्टिलेटरमा समेत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

नेपालमा शुक्रबार ५९४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा २४० सहित १७ हजार ७७ जना निको भएका छन् भने । आज थप ४ जना सहित ९९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं लगायत संक्रमित धेरै देखिएका क्षेत्रहरुमा संस्थागत आइसोलेसन अर्थात अस्पतालमा वेड अभाव हुन थालेको जनाएको छ ।

मन्त्रालयले अस्पतालहरुमा वेड अभाव हुन थालेको बताइरहँदा देशभर ४६२ जना संक्रमित होम आइसोलेसनमै रहेको पनि मन्त्रालयले जनाएको हो ।

संक्रमित राख्ने वेड अभाव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरुलाई समेत अस्पतालको वेड क्षमताको २० प्रतिशत वेड कोरोनाका बिरामीका लागि छुट्याउन अपिल गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २२ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म