कोरोना संक्रमण पुष्टि भएका फुटबल खेलाडी घरकै आइसोलेसनमा « Khabarhub

कोरोना संक्रमण पुष्टि भएका फुटबल खेलाडी घरकै आइसोलेसनमा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएका फुटबलरलाई सरकारले घरमै आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका उनलाई लक्षण नदेखिएको भन्दै घरमै सुरक्षित साथ बस्न आग्रह गरेको स्रोतले बताएको छ ।

‘लक्ष्यण नदेखिएकाले घरमा छुट्टै बस्न भनिएको छ । अब उनी घरको माथिल्लो तलामा छुट्टै बस्नेछन्,’ स्रोतले भन्यो ।
खेलाडीलाई यदि कुनै स्वास्थ्य समस्या देखिएको खण्डमा अस्पतालमा सम्पर्क गर्न भन्दै उनलाई सम्पर्क नम्बर समेत उपलब्ध गराइएको स्रोतले खबरहबसँग बताएको छ ।

यस विषयमा खबरहबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुरा गर्दा उनले पनि लक्ष्यण नदेखिएको मान्छेलाई सरकारले घरमै बस्न आग्रह गरेको बताए ।

‘हामीले घरमा सुरक्षित साथ बस्न सक्ने मान्छेहरुलाई उतै व्यवस्थित तरिकाले बस्न निर्देशन दिने हो । यदि त्यस्तो नभएको अवस्थामा हामीले किर्तिपुरमा आइसोलेसन वार्ड बनाएका छौं । त्यतै राख्छौं,’ प्रवक्ता गौतमले भने ।

डाक्टर गौतमले आइसोलेसन वार्डमाभन्दा घरमा धेरै सुरक्षित हुनेभएकाले लक्ष्यण नभएका विरामिलाई घरमै बस्ने आग्रह गरेको बताए ।

खेलाडीको सम्पर्कमा आएका जो कोही मान्छेले पाँच दिनपछि कोरोना जाँच गराउन पनि आग्रह गरेका छन् ।

‘कोरोना नतिजा आउने वित्तीकै जाँच गराउँदा संक्रमण नदेखिन पनि सक्छ । तर, पाँच दिन पछि गर्दा सहि नतिजा आउँछ,’ डाक्टर गौतमले भने ।

संक्रमित खेलाडीले पाटन अस्पतालमा रिर्पोट पोजेटिभ आएपछि पुनः ह्याम्स अस्पतालमा पनि कोरोना परीक्षण गराएका थिए । उक्त रिर्पोट समेत पोजेटिभ आएपछि उनी अब घरमै आइसोलेसनमा बस्नेछन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगतका बाँकी खेलका लागि भदौ १ देखि राष्ट्रिय टोलीको अभ्यास सुरु हुने तय भएको थियो । तर, अभ्यास सुरु नहुँदै फिफा र एएफसीले विश्वकप छनोटका एसियाली क्षेत्रका खेल २०२१ सम्मका लागि स्थपगत गरेपछि खेलाडी घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : १६ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि