कोरोना संक्रमण पुष्टि भएका फुटबल खेलाडी घरकै आइसोलेसनमा « Khabarhub

कोरोना संक्रमण पुष्टि भएका फुटबल खेलाडी घरकै आइसोलेसनमा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएका फुटबलरलाई सरकारले घरमै आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका उनलाई लक्षण नदेखिएको भन्दै घरमै सुरक्षित साथ बस्न आग्रह गरेको स्रोतले बताएको छ ।

‘लक्ष्यण नदेखिएकाले घरमा छुट्टै बस्न भनिएको छ । अब उनी घरको माथिल्लो तलामा छुट्टै बस्नेछन्,’ स्रोतले भन्यो ।
खेलाडीलाई यदि कुनै स्वास्थ्य समस्या देखिएको खण्डमा अस्पतालमा सम्पर्क गर्न भन्दै उनलाई सम्पर्क नम्बर समेत उपलब्ध गराइएको स्रोतले खबरहबसँग बताएको छ ।

यस विषयमा खबरहबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुरा गर्दा उनले पनि लक्ष्यण नदेखिएको मान्छेलाई सरकारले घरमै बस्न आग्रह गरेको बताए ।

‘हामीले घरमा सुरक्षित साथ बस्न सक्ने मान्छेहरुलाई उतै व्यवस्थित तरिकाले बस्न निर्देशन दिने हो । यदि त्यस्तो नभएको अवस्थामा हामीले किर्तिपुरमा आइसोलेसन वार्ड बनाएका छौं । त्यतै राख्छौं,’ प्रवक्ता गौतमले भने ।

डाक्टर गौतमले आइसोलेसन वार्डमाभन्दा घरमा धेरै सुरक्षित हुनेभएकाले लक्ष्यण नभएका विरामिलाई घरमै बस्ने आग्रह गरेको बताए ।

खेलाडीको सम्पर्कमा आएका जो कोही मान्छेले पाँच दिनपछि कोरोना जाँच गराउन पनि आग्रह गरेका छन् ।

‘कोरोना नतिजा आउने वित्तीकै जाँच गराउँदा संक्रमण नदेखिन पनि सक्छ । तर, पाँच दिन पछि गर्दा सहि नतिजा आउँछ,’ डाक्टर गौतमले भने ।

संक्रमित खेलाडीले पाटन अस्पतालमा रिर्पोट पोजेटिभ आएपछि पुनः ह्याम्स अस्पतालमा पनि कोरोना परीक्षण गराएका थिए । उक्त रिर्पोट समेत पोजेटिभ आएपछि उनी अब घरमै आइसोलेसनमा बस्नेछन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगतका बाँकी खेलका लागि भदौ १ देखि राष्ट्रिय टोलीको अभ्यास सुरु हुने तय भएको थियो । तर, अभ्यास सुरु नहुँदै फिफा र एएफसीले विश्वकप छनोटका एसियाली क्षेत्रका खेल २०२१ सम्मका लागि स्थपगत गरेपछि खेलाडी घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : १६ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर