अदालतमा भ्रष्टाचार एवं विचौलिया रोक्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन « Khabarhub

अदालतमा भ्रष्टाचार एवं विचौलिया रोक्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं विचौलिया प्रवृत्ति रोक्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिका सदस्यमा न्याय परिषद्, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका प्रतिनिधि रहनेछन् ।

न्यापालिकाभित्र भ्रष्टाचार मौलाउँदै गएको र नियन्त्रणका लागि कुनै पहल नगरिएको जनाउँदै बार र वरिष्ठ अधिवक्ताहरुले समिति गठन गरेर अध्ययन गरी अनियमितता नियन्त्रण गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको ध्यानाकर्षण गराएका थिए ।

अदालतमा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा त्यसको रोकथामका उपायका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनसमेतको अध्ययन गरी त्यस्ता क्रियाकलाप कानूनी र संस्थागत रुपमै रोक्न समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ५१ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१