अदालतमा भ्रष्टाचार एवं विचौलिया रोक्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन « Khabarhub

अदालतमा भ्रष्टाचार एवं विचौलिया रोक्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति गठन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं विचौलिया प्रवृत्ति रोक्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिका सदस्यमा न्याय परिषद्, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका प्रतिनिधि रहनेछन् ।

न्यापालिकाभित्र भ्रष्टाचार मौलाउँदै गएको र नियन्त्रणका लागि कुनै पहल नगरिएको जनाउँदै बार र वरिष्ठ अधिवक्ताहरुले समिति गठन गरेर अध्ययन गरी अनियमितता नियन्त्रण गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको ध्यानाकर्षण गराएका थिए ।

अदालतमा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा त्यसको रोकथामका उपायका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनसमेतको अध्ययन गरी त्यस्ता क्रियाकलाप कानूनी र संस्थागत रुपमै रोक्न समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ५१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला