कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको पूर्वानुमान « Khabarhub

कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको पूर्वानुमान


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का एकाध ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : २६ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर