कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको पूर्वानुमान « Khabarhub

कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको पूर्वानुमान


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का एकाध ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : २६ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु