मोरङका कोरोना संक्रमित पुरूषको धरानमा उपचारका क्रममा मृत्यु « Khabarhub

मोरङका कोरोना संक्रमित पुरूषको धरानमा उपचारका क्रममा मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा यही भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।

अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले बताए । प्रतिष्ठानमा आइतबार नै विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : ५४ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको