पोखराका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण « Khabarhub

पोखराका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  पोखरा महानगरपालिकाका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय कास्कीले विज्ञप्ति जारी गर्दै थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  जसमध्ये १७ जना कास्कीका रहेका छन् भने बागलुङ बडिगाडका २ जना रहेका छन् ।

कास्कीका १७ जनामा पोखरा–२३ का १ जना, १४ मा ३ महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १/१ जना रहेको निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए।

पोखरा–८ मा संक्रमण देखिएका एक जना स्वास्थ्यकर्मी हुन्। उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छिन्। अन्य संक्रमित केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

योसँगै गण्डकी प्रदेशमा २ हजार १ सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारीअनुसार भदौ २६ गते मृत्यु भएका नवलपरासीको मध्यविन्दु–१२ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएका ती पुरुषमा कोरोना रहेको पुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु भएकाको संख्या २८ पुगेको हो।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ४७ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।