पोखराका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण « Khabarhub

पोखराका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  पोखरा महानगरपालिकाका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय कास्कीले विज्ञप्ति जारी गर्दै थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  जसमध्ये १७ जना कास्कीका रहेका छन् भने बागलुङ बडिगाडका २ जना रहेका छन् ।

कास्कीका १७ जनामा पोखरा–२३ का १ जना, १४ मा ३ महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १/१ जना रहेको निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए।

पोखरा–८ मा संक्रमण देखिएका एक जना स्वास्थ्यकर्मी हुन्। उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छिन्। अन्य संक्रमित केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

योसँगै गण्डकी प्रदेशमा २ हजार १ सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारीअनुसार भदौ २६ गते मृत्यु भएका नवलपरासीको मध्यविन्दु–१२ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएका ती पुरुषमा कोरोना रहेको पुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु भएकाको संख्या २८ पुगेको हो।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै