रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बुटवल- भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी भीम अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उनको उपचार भइरहेको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले उनलाई ३ दिनअघि आइसियुमा राखेको थियो । आइतबार राति करिब साढे १० बजे उनको मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । डा. पोख्ररेलका अनुसार ती संक्रमित बिरामी दमका रोगी थिए ।

बुटवलको धागो कारखानामा रहेको कोभिड अस्तालमा उपचाररत शिवराज-५ कै ४७ वर्षीया एक महिलाको आजै बिहान मृत्यु भएको थियो ।

 

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : १६ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।