रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बुटवल- भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी भीम अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उनको उपचार भइरहेको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले उनलाई ३ दिनअघि आइसियुमा राखेको थियो । आइतबार राति करिब साढे १० बजे उनको मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । डा. पोख्ररेलका अनुसार ती संक्रमित बिरामी दमका रोगी थिए ।

बुटवलको धागो कारखानामा रहेको कोभिड अस्तालमा उपचाररत शिवराज-५ कै ४७ वर्षीया एक महिलाको आजै बिहान मृत्यु भएको थियो ।

 

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : १६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु