कसैले काउकुती लगाउँदा किन हाँसो लाग्छ ? यस्तो छ कारण « Khabarhub

कसैले काउकुती लगाउँदा किन हाँसो लाग्छ ? यस्तो छ कारण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हामीलाई कसैले काउकुती लगाइदियो भने एक्कासी हाँसो लाग्छ । कसैले त कोही रिसायो भने काउकुती लगाएर फकाउने प्रयास पनि गर्छन् ।

कसैलाई भने काउकुती लगाएको मन पर्दैन । कोही काउकुती लगाउँदा रिसाउने पनि गर्छन् ।

काउकुती दुई प्रकारका हुन्छन् भन्ने गरिन्छ । एउटा हल्का किसिमको दबाब दिएर लगाइने काउकुती । अर्को, केही कडा किसिमले दबाब दिएर लगाउने काउकुती ।

आखिर काउकुती किन लाग्छ त ?

वैज्ञानिकका अनुसार मानिसको छालामा स्पर्श हुँदा छालामा रहेका स्नायु टुप्पोले हाम्रो मष्तिष्कमा विद्युतीय सन्देश पठाउँछन् । काउकुती लगाउँदा हामीलाई किन हाँसो लाग्छ भने, स्नायुले पठाएको तरंग एकैपटक दुई भागमा पुग्छ– एउटा स्पर्शको विश्लेषण गर्ने भागमा र अर्को आनन्दको सञ्चार गर्ने भागमा ।

तर, धेरै बेर काउकुती लगायो भने यसले हाँसो मात्र दिँदैन । काउकुती लगाउँदा मस्तिष्कको त्यो भागलाई पनि सक्रिय पार्छ जसले हामीलाई आत्तिएको महसुस गराउँछ ।

वैज्ञानिकहरूले काउकुती लाग्दा हाँस्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली सक्रिय भएको हुन सक्ने बताउँछन् । जसले गर्दा अरुले काउकुती लगाउँदा हामी झुकेको वा परास्त भएको संकेत दिएको बुझ्न सकिन्छ ।

तर, आफैले आफूलाई काउकुती लगाउँदा भने हाँसो लाग्दैन । आखिर किन ?

हाम्रो मस्तिष्कमा भएको सेरेबेलम भन्ने भागले हामीले गरेको गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने स्वभाविक वा अस्वभाविक तरंगहरु थाहा पाउन वा छुट्याउन सक्छ ।

अर्थात्, तपाईं के गर्दै हुनुहुन्छ भन्ने सेरेबेलमले पहिल्यै थाहा पाउने भएकाले आफैले काउकुती लगाउँदा मस्तिष्कले कुनै प्रतिक्रिया जनाउँदैन ।

तर, केही प्रकृतिका गम्भीर किसिमका मानसिक रोग (जस्तै, स्किजोफ्रेनिया) का बिरामीले भने आफैँलाई काउकुती लगाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको कारण के भने, उनीहरुको दिमागले आफैँले आफैँमाथि गरिएको गतिविधिबारे थाहा पाउन सक्दैन ।

मानिसलाई मात्र होइन, केही जनावरहरुलाई पनि काउकुती लाग्ने शोधकर्ताहरुले बताएका छन् । शार्कहरुलाई थुतुनोको ठीक मुनि काउकुती लगाउँदा तिनीहरुलाई हल्का काउकुती लाग्ने गर्छ । अझ चिम्पान्जी, गोरिल्लाहरुमा त निकै हाँसो लाग्ने गरी काउकुती लाग्ने गर्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ५० बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी