कसैले काउकुती लगाउँदा किन हाँसो लाग्छ ? यस्तो छ कारण | Khabarhub Khabarhub

कसैले काउकुती लगाउँदा किन हाँसो लाग्छ ? यस्तो छ कारण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हामीलाई कसैले काउकुती लगाइदियो भने एक्कासी हाँसो लाग्छ । कसैले त कोही रिसायो भने काउकुती लगाएर फकाउने प्रयास पनि गर्छन् ।

कसैलाई भने काउकुती लगाएको मन पर्दैन । कोही काउकुती लगाउँदा रिसाउने पनि गर्छन् ।

काउकुती दुई प्रकारका हुन्छन् भन्ने गरिन्छ । एउटा हल्का किसिमको दबाब दिएर लगाइने काउकुती । अर्को, केही कडा किसिमले दबाब दिएर लगाउने काउकुती ।

आखिर काउकुती किन लाग्छ त ?

वैज्ञानिकका अनुसार मानिसको छालामा स्पर्श हुँदा छालामा रहेका स्नायु टुप्पोले हाम्रो मष्तिष्कमा विद्युतीय सन्देश पठाउँछन् । काउकुती लगाउँदा हामीलाई किन हाँसो लाग्छ भने, स्नायुले पठाएको तरंग एकैपटक दुई भागमा पुग्छ– एउटा स्पर्शको विश्लेषण गर्ने भागमा र अर्को आनन्दको सञ्चार गर्ने भागमा ।

तर, धेरै बेर काउकुती लगायो भने यसले हाँसो मात्र दिँदैन । काउकुती लगाउँदा मस्तिष्कको त्यो भागलाई पनि सक्रिय पार्छ जसले हामीलाई आत्तिएको महसुस गराउँछ ।

वैज्ञानिकहरूले काउकुती लाग्दा हाँस्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली सक्रिय भएको हुन सक्ने बताउँछन् । जसले गर्दा अरुले काउकुती लगाउँदा हामी झुकेको वा परास्त भएको संकेत दिएको बुझ्न सकिन्छ ।

तर, आफैले आफूलाई काउकुती लगाउँदा भने हाँसो लाग्दैन । आखिर किन ?

हाम्रो मस्तिष्कमा भएको सेरेबेलम भन्ने भागले हामीले गरेको गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने स्वभाविक वा अस्वभाविक तरंगहरु थाहा पाउन वा छुट्याउन सक्छ ।

अर्थात्, तपाईं के गर्दै हुनुहुन्छ भन्ने सेरेबेलमले पहिल्यै थाहा पाउने भएकाले आफैले काउकुती लगाउँदा मस्तिष्कले कुनै प्रतिक्रिया जनाउँदैन ।

तर, केही प्रकृतिका गम्भीर किसिमका मानसिक रोग (जस्तै, स्किजोफ्रेनिया) का बिरामीले भने आफैँलाई काउकुती लगाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको कारण के भने, उनीहरुको दिमागले आफैँले आफैँमाथि गरिएको गतिविधिबारे थाहा पाउन सक्दैन ।

मानिसलाई मात्र होइन, केही जनावरहरुलाई पनि काउकुती लाग्ने शोधकर्ताहरुले बताएका छन् । शार्कहरुलाई थुतुनोको ठीक मुनि काउकुती लगाउँदा तिनीहरुलाई हल्का काउकुती लाग्ने गर्छ । अझ चिम्पान्जी, गोरिल्लाहरुमा त निकै हाँसो लाग्ने गरी काउकुती लाग्ने गर्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ५० बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि