कोरोना बीमा दाबी भुक्तानीको अन्योल अन्त्य, निजी ल्याबको रिपोर्ट पनि मान्य « Khabarhub

कोरोना बीमा दाबी भुक्तानीको अन्योल अन्त्य, निजी ल्याबको रिपोर्ट पनि मान्य


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – कोरोना बीमाको दाबी भुक्तानीको अन्योल हटेको छ ।

बीमा समितिले संशोधन गरेको कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने भएको छ।

सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ।

यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चर्को आलोचना भएको थियो ।

जनस्तरबाट भएको चर्को आलोचना र दबाबपछि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी भुक्तानी पाउने व्यवस्था गरेको हो ।

संशोधित मापदण्डमा मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ।

बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा आफ्नै खर्चमा फेरि अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्थासमेत गरेको छ।

 

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : १७ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा