फल खानकै लागि रुखको टुप्पोमा पुग्छन् यी जातका बाख्रा ! « Khabarhub

फल खानकै लागि रुखको टुप्पोमा पुग्छन् यी जातका बाख्रा !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँदर रुखमा चढेको त हामीले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुभएको छ ? देख्ने त कुरै छोडौँ सुुन्नु पनि भएको छैन होला ।

सामान्यतया हामीले पालेका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।

उक्त जातको बाख्राको मल अर्थात् बड्कौँला धेरै नै महंगो हुन्छ । उक्त जातको बाख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् ।

बाख्राको बड्कौँला बेचेर करोडौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँला विशेष मल हुने कारणले गर्दा धेरै महंगो हुने गरेको हो ।

दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ ।

फल खाइसकेपछि त्यसको गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँलासँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टाउँछन् ।

बड्कौँलामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ०७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार