विराटनगरका नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार « Khabarhub

विराटनगरका नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार


२९ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- बिराटनगरका एक नेपाली युवालाई भारतको जोगवनीमा गोली प्रहार भएको छ ।

विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय ‘बासु’ भनिने दीपक मण्डलमाथि जोगवनीमा गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ ।

भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा आइतबार दिउँसो ३ बजेतिर पुगेका मण्डललाई गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५/३० वर्षीय मुकेश यादवले गोली प्रहार गरेको खुलेको छ ।

घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारमबोर्ड खेलेर बसिरहेको र पुग्नासाथ विवाद गरेर आफूमाथि गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् ।

मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ । मण्डलको औंलामा प्वाल परेको छ ।

गोली प्रहारपछि घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेको पनि खुलेको छ । उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुन थालेपछि आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाईफायर गर्दै यादव फरार भएको प्रहरीको भनाइ छ ।

स्थानीय भागाभाग गर्न थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल आउन सफल भएको मण्डलले प्रहरीलाई बताएका छन् । साँझ लगभग ७ बजेतिर नेपाल छिरेका उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए ।

गोली प्रहार गर्ने भारतीय युवालाई त्यहाँको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ११ : ५३ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला