नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी « Khabarhub

नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केही समययता भारतीय कलाकार नवाजुद्दीन सिद्दीकी पारिवारिक विवादमा फसेका छन् । यो विवादमा नवाजुद्दीनलाई थप तनाव थपिन सक्ने देखिएको छ ।

नवाजुद्दीनकी पत्नी आलियाले पति र परिवारका अन्य चार सदस्यका विरुद्ध उजुरी दिएकी छिन् ।

भारतीय समाचार संस्था जी न्यूजका अनुसार आलियाले मुम्बई प्रहरीमा गत २७ जुलाईमा उजुरी दिएकी थिइन् । अहिले उनले घटना भएको स्थान बुढाना (नवाजुद्दीनको गृहनगर) थानामा उजुरी दर्ता गराएकी हुन् ।

आलियाले आफ्नो बयानमा नवाजुद्दीनका भाइ मिन्हाजुद्दीनले सन् २०१२ मा परिवारका साथ आफूमाथि दुर्व्यवहार गरेको बताएकी छिन् ।

यो घटनाका बारेमा उनले नवाजुद्दीनलाई भनेकी थिइन् । तर, नवाजुद्दीनले आफ्नो करिअर बिग्रन सक्ने भन्दै यो केशलाई घरमै मिलाउन खोजेको आलियाले आरोप लगाएकी छिन् ।

लकडाउनको समयमा नवाजुद्दीन आफ्नो गृहनगर पुगेका थिए । तर, उनी आवासमा भने नभएको पारिवारिक स्रोत उल्लेख गर्दै जी न्यूजले लेखेको छ ।

परिवारका सदस्यले भने आलियाले लगाएको आरोपको खण्डन गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : १२ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई