गुगलको नयाँ फिचर – कसले किन फोन गर्‍यो पहिले नै थाहा पाइने « Khabarhub

गुगलको नयाँ फिचर – कसले किन फोन गर्‍यो पहिले नै थाहा पाइने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रविधिको बढ्दो विकासका बीच गुगलले नयाँ फिचर सार्वजनिक गरेको छ । अब गुगलले थर्ड पार्टी एपविना नै कसले फोन गर्‍यो भनेर जानकारी दिने एप ल्याएको छ ।

‘भेरिफाइड कल्स’ नाम दिइएको गुगल फोन एपमा अब फोन गर्नुपूर्व कसले फोन गरेको हो भनेर देखाउनेछ ।

यसअघि ट्युन कलर नामक एपले पनि यस्तै सुविधा दिएको थियो । ट्युन कलर प्रयोगकर्ताले कसले फोन गर्‍यो भनेर पहिले नै जानकारी पाउने गर्थे । गुगलको सुविधामा चाहिँ किन फोन आएको हो भन्ने समेत थाहा पाउन सकिन्छ ।

एन्ड्रोइड मोबाइलमा हालै रिलिज गरिएको यो एप पहिले पिक्सेल मोबाइलमा मात्र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

यो एपबाट फेक कलहरु नियन्त्रणमा आउने गुगलले विश्वास लिएको छ । विजनेस फोनमा फोन गर्नुको कारण समेत लेखिएको हुनेछ ।

हाललाई यो सुविधा अमेरिका, मेक्सिको, ब्राजिल र भारतमा मात्र दिइएको छ । यही वर्षभित्र विश्वभरका सबै मोबाइलमा यो सुविधा दिइने जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : ५८ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार