मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवको सिफारिस र कुलमानको विषय पनि छलफलमा « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवको सिफारिस र कुलमानको विषय पनि छलफलमा


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ हुने भएको छ ।

साँझ ५ बजेका लागि बोलाइएको बैठकमा नेकपा पार्टी सचिवालय बैठकले गरेको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीनिकट मानिने एक मन्त्रीका अनुसार पार्टीले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रस्ताव बैठकमा पेश गर्ने सम्भावना छ ।

यस्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनर्नियुक्त गर्ने वा अर्को व्यक्ति पठाउने भन्ने भन्नेबारे पनि आजको बैठकले निर्णय गर्न सक्ने उनले बताए । अहिलेसम्म कुलमान घिसिङको प्रस्ताव मन्त्रिपरिषदमा नपुगेकोले तत्काललाई निमित्त कार्यकारी निर्देशक तोक्नेबारे पनि छलफल हुन सक्ने ती मन्त्रीले बताए ।

यस अतिरिक्त आजको बैठकमा सरकारको प्रवक्ता तोक्ने तयारी पनि भएको छ । सरकारको प्रवक्तामा पर्यटनमन्त्री योगेश भट्टराईको नाम चर्चामा छ ।

यस्तै सिन्धुपाल्चोकमा पटकपटक पहिरो गएर धेरै जनधनको क्षति भएकामा त्यसबारे पनि केही निर्णय हुने सक्ने बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ४८ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा