गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो « Khabarhub

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो



पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९३ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार नाघेको हो ।

सोमबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ५४ जना जना संक्रमित थपिएका छन् ।

सोमबार १ हजार ८८ जनाको स्वाव परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

स्याङजा पुतलीबजारकी ८० वर्षीया महिला गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत र पोखरा महानगरपालिका ९ की २६ वर्षीया महिला सोही अस्पतालकी स्टाफ नर्स रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।

संक्रमितमध्ये गण्डकी प्रदेशभर १ हजार ८ सय ९५ जना निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या १ हजार एकसय ४० छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले सोमबार राखेको अद्यावधि विवरणअनुसार दुई संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यबिन्दु–१२ स्थायी ठेगाना भएका ६० वर्षका पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा र नवलपरासीपूर्वकै गैंडाकोट–९ स्थायी ठेगाना भएका बर्ष ६२ का एकजना महिलाको चितवन मेडिकल कलेज, चितवनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ५० बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,