फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण « Khabarhub

फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ ।

पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालको ऐतिहासिक पृष्ठभूमीदेखि वर्तमान अवस्था, फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत समेटेर प्रतिवेदन तयार गरिएको नगरप्रमुख मानबहादुर जिसीले बताए ।

विस्तृत अध्ययन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेवाताललाई संरक्षण गर्नु सबैको दायीत्व भएकाले त्यसकालागि स्थानीय सरकार र प्रदेश सरकासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको नगरप्रमुख जिसीले बताए ।

‘हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका छौं, प्रतिवेदन बुझेपछि फेवातालको अतिक्रमणलाई छिटो भन्दा छिटो हटाउँन संघीय सरकारले आवश्यक साथ र सहयोग दिने बताउँनुभएको छ ।’ नगरप्रमुख जिसीले भने ।

फेवाताल पोखरा महानगरपालिकाको गौरवको विषय भएकाले यसको संरक्षण र सम्बद्र्धनका विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको नगरप्रमुख जिसीले बताए ।

हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ५६ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री