नेसन्स लिग : स्पेनको अपराजित यात्रामा पूर्णविराम « Khabarhub

नेसन्स लिग : स्पेनको अपराजित यात्रामा पूर्णविराम


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा १–० ले पराजित भयो ।

स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो

जितसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।

किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन ।

युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ ।

समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक छ । गोल अन्तरका आधारमा जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ०० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक