विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित « Khabarhub

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२२ मा हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको हो ।

बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा  लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे । बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए ।

४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ५९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज