नेयरमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित « Khabarhub

नेयरमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  नेयमारको ह्याट्रिकमा विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को शानदार जित हात पारेको छ ।

बुधबार बिहान भएको खेलमा पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन ।

२८औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । ५९औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए ।

त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ उन्मुख भइरहेको खेलमा ८३औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जिततर्फ अग्रसर गराए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सीमिति बनेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पूरा गर्दै ब्राजिललाई शानदार जित दिलाए ।

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : ५७ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज